कैलालीको धनगढीमा सञ्चालित जोगबुडा होटेलबाट यौन धन्दामा संलग्न दुई जोडी सहित दुई साहुनी प्रहरीको फन्दामा परेका छन् । नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआइटीको टोली र वडा प्रहरी कार्यालयको टोलीले संयुक्तरुपमा छापा हान्दा धनगढी चौराहा स्थित जोग बुढा होटेल बाट एक जोडिलाई र होटेल सञ्चालक इन्द्रा खड्कालाई नियन्त्रणमा लिइएको हो ।यस्तै धनगढी चटकपुर स्थित सञ्चालनमा रहेको जोग बुढा होटेलबाट पनि एक जोडिलाई यौन क्रियाकलाप गर्दै गरेको अवस्थामा समातेपछि होटेल सञ्चालक चन्द्रा देउवालाई पनि नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए ।पक्राउ परेका ६ जनालाई माथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको उनले जानकारी दिए।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी