धनगढी उपमहानगरपालिका- १४ फूलबारीको स्याउले बजार स्थित रहेको नोवेल एकेडेमी बोर्डिंग स्कूलले बिगतका वर्षझैँ यो वर्ष पनि २०८० फाल्गुन २९ गते आफ्नो बार्षिकोत्सब कार्यक्रमलाई बिबिध सांस्कृतिक कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ !
बिगत लामो समय देखी शिक्षा क्षेत्रमा अनबरत रुपमा सेवा गर्दै आएको उक्त विद्यालयले अभिवाबक तथा बिद्यार्थी हरुको मन जित्न सफल भएको छ !युग सुहाउदो शिक्षाका रुपमा बिद्यालयमा साना नानी बाबुहरू लाई बिभिन्न अतिरिक्त क्रियाकलापमा सक्रिय गराई उनीहरुको व्यक्तित्व बिकासमा निकै ठुलो फड्को मारेको पुस्टि उक्त कार्यक्रमका केहि प्रस्तुति हरुले जानकारी गराए को देखिन्छ !
पी जी ,नर्सरी देखी लिएर क्लास -७ सम्म संचालित उक्त बिद्यालय, फुलबारी बासीको मुख्य रोजाइमा परेको छ! बिद्यालयलाई अझै उन्नति र प्रगतिको बाटोमा लैजाने र बिद्यार्थी हरुलाई युग सुहाउदो शिक्षा र भबिस्यमा काम लाग्ने गरि पठनपाठन गर्ने र बिद्यालयमा बिभिन् अतिरिक्त क्रियाकलापमा सहभागी गराई अझै बिद्यार्थी हरुलाई शिक्षा क्षेत्रमा आगाडी बढाउन आफु अनबरत रुपमा अहोरात्र खटिन तयार भएको जानकारी उक्त बिद्यालयका प्रधानाध्यापिका तथा संचालिका शुस्मा प्रसाईले दिनुभयो !
उक्त कार्यक्रममा अथितिको रुपमा आमन्त्रित दृस्टी फाउन्डेसन धनगढीकि संस्थापक अध्यक्ष कल्पना भट्टलाई सो बिद्यालयको टिमले असक्त ,असहाय बालबालिका हरुको लागि भनेर हौसला स्वरूप रु: दश हजार को चेक प्रदान गरेको थियो ! दृस्टी फाउन्डेसन धनगढीकि संस्थापक अध्यक्ष कल्पना भट्टले सो कार्यक्रमको समारोहमा बोल्दै पुरुस प्रधान हाम्रो देशमा अब पुरुस प्रधान नभयर महिलाहरुले पनि यो समाज र रास्ट्रका लागि केहि उदाहरणीय काम गर्न सक्ने कुरा राख्दै सो बिद्यालयकि संचालिका तथा प्रधानाध्यापिका शुस्मा प्रसाईले बिद्यालय संचालन गरेर बालबालिका हरुलाई योग्य र गुणस्तरीय शिक्षा प्रदान गरेको महसुस आफुले गरेको बताईन! उक्त बिध्यालयलाईआगामी दिनहरुमा पनि यस्तै गरी शिक्षा क्षेत्रमा अगाडी बढोस भन्ने सुभकामना समेत दिनुभयको थियो !
बिद्यालय को उक्त कार्यक्रममा बिभिन् किसिमका सभ्सायता झल्किने सांस्कृतिक तथा सन्देश मूलक नाटक तथा बाल नृत्य हरु अधिक मात्रामा प्रस्तुत गरिएको थियो !उक्त कार्यक्रमको सभापति रत्न बिक्रम लामा हुनुहुन्थ्यो भने प्रमुख अथितिमा पूर्व मन्त्रि शुसिला बुढाथोकी र बिसिस्ट अथितीमा बिन्दु गोले र वडा नम्बर १८ का भुवन रिजाल हुनुहुन्थ्यो !
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी