थारु गुरुवा बैदवा सोरिह्रिनिया समाजको सार्वजनिक सुनुवाई तथा साधारण सभा सम्पन्न भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ६ लोखरीमा थारु गुरुवा बैदवा सोरिह्रिनिया समाजको सार्वजनिक सुनुवाई तथा प्रथम साधारण सभा सम्पन्न भएको हो । संस्थाको सचिव राम बहादुर डगौराले आर्थिक वर्ष २०७८÷०७९ को चार लाख पचहत्तर हजार रुपियाँ आय र चार लाख छ सय रुपियाँ वरावरको आर्थिक प्रतिवेद प्रस्तुत गर्नु भएको थियो ।
उक्त रकम गुरुवा बैदवा तथा सोरिह्निियाहरुको आन्तरिक कोष अर्थात मासिक शुल्क तथा सदस्यता शुल्क वाफतको रकम प्रस्तुत गरिएको थियो । थारु गुरुवा बैदवा सोरिह्नििया समाजले खास गरि कैलाली जिल्ला भरी रहेका गुरुवा एवं बैदवा एवं सोरिह्निियाहरुलाई संगठित गरि परमपरागत ज्ञान सिपको संरक्षण एवं यसको सामाजिक मान्यतालाई आजको युगमा युवा पुस्ताहरुलाई ज्ञान सिप पुस्तान्त्रण गरि आर्युवेद पद्धितको उपचार वारे जानकारी गराई सरकारी तथा सामाजिक रुपमा जिवन्त राख्न उद्देश्यका साथ संगठित गराउने रहेको छ ।
यसरी उक्त संस्थाले थारु समाजमा गुरुवा बैदवा र सोरिह्निियाहरुलाई समय अनुसार विभिन्न किसिमको सचेतना एवं उपचार पद्धती वारे ज्ञान प्रदन गर्ने काम समेत गरेको छ । गुरुवा बैदवा एवं सोरिह्नििया भनेको थारु समाजको सामाजिक प्रथाको रुपमा रहेको र सोही पद्धतीमा समाजमा अहिले सम्म चल्दै आएको छ ।
थारु समाजको पहिचान भाषा, कला, सस्कृति रितिरिवाज, चालन चलन पुजापाठ, दुःख दरिद्रता जस्ता कार्य गुरुवाहरुद्धारा गरिने मान्यता रही आएकोले यस्तो किसिमको परमपरा अन्य समाजमा नरहेकोले यो प्रथा जन्य प्रचलनको दिगो संरक्षण गर्न मलवारा क्षेत्रका सवै पालिका भित्रका थारु गुरुवा बैदवा सोरिह्निियाहरु एक जुट भै उक्त संस्थामा आवद्ध भएका छन । संस्थाका अध्यक्ष शंकर कठरियाको सभापत्विमा भएको सार्वजनिक सुनुवाई तथा साधारण सभा कार्यक्रममा आर्थिक एवं सामाजिक विशेषज्ञ डा. राम बहादुर चौधरी प्रमुख अतिथि रहनु भएको थियो ।
यस्तै उक्त कार्यक्रममा आदिवासी जनजाती माहासंघ जोशीपुरका अध्यक्ष चन्द्रिका चौधरी शिवशक्ति मन्दिरका महन्ठ एवं बरघर भलमन्स लौटन दास चौधरी, कार्य समितिका सदस्य तथा संस्थाका सल्लाहकार फत्टु प्रसाद चौधरी समाज सेवी बुदिजिव लगायतका रहनु भएको थियो । थारु गुरुवा बैदवा सोरिह्रिनिया समाजको सार्वजनिक सुनुवाई तथा साधारण सभामा संस्थाका उपाध्यक्ष सोमै दास डगौराले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको भने कार्यक्रमको संचालन रेडियो मनको मझेरीका प्रवबन्ध निर्देशक विवश चौधरीले गरेका थिए ।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी