बर्दगोरियाको वार्षिक प्रगतिः १५ शय्याको अस्पताल सञ्चालन गर्ने पहिलो पालिका

बर्दगोरियाको वार्षिक प्रगतिः १५ शय्याको अस्पताल सञ्चालन गर्ने पहिलो पालिका

कैलालीको बर्दगोरिया गाउँपालिकाको दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्षले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेका छन्। २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट कर्णबहादुर कुँवर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।कुँवर नेतृत्वको स्थानीय सरकारले १ देखि ६ नम्बर वडाका सम्पूर्ण कच्ची सडक ग्राभेल गरेको छ।

नयाँ जनप्रतिनिधि आए लगत्तै विगत ५÷६ वर्षदेखि बन्द अवस्थामा रहेको बौनियाँ खानेपानीलाई सञ्चालन गरेर करिब पाँचसय घरधुरीमा खानेपानीको धारा जडान सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।

बाँकी घरधुरीमा धारा जडानको काम भइरहेको छ।अध्यक्ष कुँवरले वर्षौँदेखि अस्तव्यस्त बौनियाँ बजारको नाला सफाई, उज्यालो पालिका अभियान अन्तर्गत दानुवाफाँटामा विद्युत् लाइन जडान, महेन्द्र राजमार्गमा सय वटा पोलमा बत्ती जडान र ६ वटा हाइमास्ट लाइट जडान गरिएको बताए।

गाउँपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराउन जग्गा नापजाँच भइरहेको बताएका छन्। वडा नम्बर ३ मा रहेका भूमिहीन सुकुम्बासीलाई भने लालपुर्जा वितरण गर्ने तयारी भइरहेको अध्यक्ष कुँवरेले बताएका छन्।

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2024 Copyright: SN Khabar & Powered by : Mohrain