गोदावरी नगरपालिका वडा नं ९ मा चार सयभन्दा बढी गाईगोरु का कंकाल फेला

गोदावरी नगरपालिका वडा नं ९ मा चार सयभन्दा बढी गाईगोरु का कंकाल फेला

सुरज बिस्वकर्मा अत्तरिया :

कैलाली को गोगोदावरी नगरपालिका वडा नं ९ मा रहेको लक्ष्मी महिला सामुदायिक वन मा चार सयभन्दा बढी गाईगोरु का  कंकाल कान्जि हाउस वरिपरि यत्रतत्र छरिएको अवस्थामा फेला परेका हुन्।

छाडा पशु चौपाया ले स्थानीय को खेतीपाती नोक्सान गरेको भन्दै वडा अध्यक्ष रामलाल रानाको रहोबरमा गत साउन दुई गते बसेको बैठकले लक्ष्मी महिला सामुदायिक वन 

भित्र छाडा पशु चौपाया राख्ने र हरेक घरबाट महिना को एकसय रुपैयाँ उठाएर ६ जना गोठाला राख्ने निर्णय भएको थियो।

त्यस सामुदायिक वनभित्र तारवार लगाएर राखिएका पाच सयभन्दा बढी गाईगोरु मध्ये चार सयभन्दा बढी मरेका छन्।

भदौदेखि मर्न थालेका छाडा गाईगोरु माघ फागुन सम्म निरन्तर मर्ने क्रम नरोकिंदा पनि 

वडा अध्यक्ष रामलाल राना ले आफु यस बिषयमा अनविज्ञ रहेको बताए ।

वडा नं ९को वडा कार्यालय र कान्जि हाउस ५००मिटर को दुरीमा नदि वारिपारि रहेको छ।

 र त्यस वडा कार्यालय मा पशुपन्छी उपचार केन्द्र समेत रहेको छ्।

वडा कार्यालय को लापरबाहीकै कारण छाडा पशु चौपाया मरेको स्थानीय ले आरोप लगाएका छन्।

वडा कार्यालय का पशु स्वास्थ्यकर्मी रोशन पन्तले पनि कान्जि हाउस मा छाडा गाई गोरु मरेका बारे आफुलाई जानकारी नभएको बताए।

यस कान्जि हाउस मा अहिले पनि १२० छाडा गाईगोरु राखिएका छन्। ति गाईगोरु

मरेका गाईगोरु वरिपरि बस्न बाध्य छन् ।

हिउँदको कठ्याङग्रिदो जाडो होस या बर्खाको झडिमा पनि खुल्ला आकाश मुनि 

राखिएका थिए भने खानाको कुनैपनि ब्यवस्था गरिएको थिएन।

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2025 Copyright: SN Khabar & Powered by : Mohrain