एस .एन खबर , धनगढी ।
पछिल्लो समय सुदूरपश्चिम तथा मध्यपश्चिम भेगको लोकसंस्कृति देउडा गीतको भिडियो निर्देशनमा सुरेन्द्र संगम जमिरहेका छन् । सुरुमा गायनबाट यस क्षेत्रमा प्रवेश गरेका उनलाई यति बेला म्यूजिक भिडियो निर्देशनले स्थापित गर्दै लगिरहेको छ ।
यहीबिचमा उनले दोस्रो सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८० मा सर्वोत्कृष्ट देउडा म्युजिक भिडियो निर्देशकको उपाधि पाएका छन्।
‘ नरेन्द्र रावल, पवित्रा भण्डारीको स्वर र झरना बोहरा, दीपक रावलको अभिनय रहेको पैसाका रुख छन्की म्यूजिक भिडियोमार्फत उनले उत्कृस्ट देउडा म्यूजिक अवार्ड २०८० पाउन सफल भएका छन् ।
निर्देशक संगम सुदूरपश्चिममा डोट्याल बड्डोका नामले समेत परिचित छन् । डोटीको जैनोलीमा जन्मिएका संगम, बुबा चन्द्र ताम्राकार र आमा स्वर्गीय कलावति ताम्राकारका उनी पहिलो सन्तान हुन् ।
२०७२ सालमा डोटीको शिखर नगरपालिका ९ उच्चाकोटमा भएको जिप दुर्घटनामा आधारित गीत जैनोली रोयोबाट निर्देशन यात्रा थालेका संगमले हालसम्म झण्डै तीन सयको हाराहारीमा म्युजिक भिडियोमा काम गरिसकेका छन्।
सुरुवातमा कलाकार बन्न संघीय राजधानी काठमाडौं पसेका संगम एक वर्ष अभिनय सिकेर केही सिरियलमा काम गरिसकेपछि सुदुरपश्चिमा नै केही गर्ने मनसायले धनगढी फर्किए । एकपछि अर्को काम गर्दै जाँदा दर्शकले उनका कामहरू मन पराउँदै गएपछि हाल उनी गायन भन्दा निर्देशनमा जमिरहेका छन् ।डोटी को जैनोलीमा जन्म थलो भयका निर्देशक सानै देखि नाटक, सडक नाटक,लगायत विविध सांस्कृतिक कार्यक्रममा भाग लिने गर्थे।हाल ध।उ।न।पा ७मा बस्दै आउनु भयका संगम एक असल निर्देशन सँगै राम्रो कलाकार पनि हुन।
उनलाई डोट्याल बड्डोको नामले पनि चिन्ने गरिन्छ। आफ्नो भाषा संस्कृति परम्परा जोगाउनु पर्छ भन्ने मुख्य उद्देश्यले साथ यो क्षेत्रमा लागेको उनी बताउँछन्।
विशेष गरेर टिपिकल देउडा गीतका भिडियो निर्देशनमा उनको नाम आउने गर्छ । देउडा लगायत दोहरी, डिजे, आधुनिक गीतमा पनि उनले थुप्रै काम गरेका छन् ।
निर्देशनकै सिलसिलामा सुदूरपश्चिमका सबै जिल्लाका साथै भारतका विभिन्न सहरहरूमा पुगिसकेका छन् । उडाइदे धुलो डोटेली, पापी कैलाश खोला, बगैँचा कि फुल, पहाडको ठण्डो पानी,पैसाका रुख छन कि, तेरो माया फिर्ता लैजा, नेत्र भेल्का आँसु लगायतका उनले निर्देशन गरेका चर्चित गीतहरू हुन् ।
मिजासिलो स्वभावका निर्देशक संगमले म्युजिक भिडियोसँगै केही चलचित्र र सिरियलमा पनि काम गरेका छन्। आफूले भ्याएसम्म यसै क्षेत्रमा तल्लीन रहने सोच रहेको संगम बताउँछन् ।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी