
तपेश खड्का ,कैलाली :
जात व्यवस्था उन्मुलन मोर्चाका केन्द्रीय सदस्य ज्ञानेन्द्र बिस्वकर्माको संयोजकत्वमा मनाइएको सङ्कल्प पर्वको आज पहिलो दिन सोमवार बिहान ११ बजेदेखि कैलाली चौमाला स्थित बिभिन् सांस्कृतिक कार्यक्रमका साथ मनाइयो ।
समाजवादी संस्कृति को रुपमा सङ्कल्प पर्व मनाऔं, मितव्ययिता अपनाऔं, इतिहासका सबै बलिदानको स्मरण गरौं, आगामी क्रान्तिको निमित्त सङ्कल्प गरौं भन्ने मूल नारा सहित पार्टीको झन्डा र ब्यानरसहितको जुलूस निकलियाको थियो, यसैगरी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले जनसंवाद, सामूहिक भोज , सुदुरपस्चिमको देउडा साथै क्रन्तिकारी गीत र मौलिक बाजामा नाचगान कार्यक्रम गरेर मनाएको छ ।
कंचनपुर जिल्ला संयोजक रबि नेपालीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला कमिटी सदस्य सोभा बिस्वर्कर्मा र पार्टी प्रवक्ता श्याम कुँवर ले पर्वबारे मन्तव्य राखेका थिए ।

कन्चनपुर जिल्लाका पार्टी संयोजक रबि नेपाली का अनुसार भोलि फागुन १ गते पार्टीका प्रत्येक सदस्यले आ-आफ्नो घरमा सङ्कल्प पर्व, इष्टमित्र, नातागोता आदिलाई बोलाइ खानपिनमा सहभागी गराइ खुशियाली बाँडेर मनाउने कार्यक्रम रहेको छ ।
पार्टी प्रवक्ता श्याम कुँवरका अनुसार समाजमा धार्मिक अन्धता, रूढिवाद र अन्धविश्वासले ग्रसित सांस्कृतिक चाडपर्वहरू कायमै रहेको हुँदा त्यसको विकल्पमा वैज्ञानिकता र समानतामा आधारित नयाँ सांस्कृतिक पर्वको रूपमा सङ्कल्प पर्व मनाउन शुरू गरेको बताएका थिए । उनले गत वर्षदेखि इतिहासका सबै बलिदानको स्मरण गर्दै माघ २९ र फागुन १ गतेलाई सङ्कल्प पर्व घोषणा गरी सांस्कृतिक पर्वको रूपमा मनाउन शुरू गरिएको बताए ।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी