

तपेश खड्का, चौमाला
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको खसान-थारुवान बहुराष्ट्रिय व्युरोको भेला तथा पार्टी स्कुल यहि माघ २७ गते शनिवार कैलालीको चौमालामा हुन् गईरहेको छ। भेलामा ब्युरो अन्तरगतका शु.प.,कर्णाली र लुम्बिनीका बाकें,बर्दिया गरी २१ वटै जिल्लाबाट प्रतिनिधि मुलक सहभागिता रहनेछ भने, उक्त भेलामा प्रशिक्षण दिन पार्टीका महासचिब क.आहुति , प्रवक्ता क. श्याम कुंवर, ब्युरो ईन्चार्ज क. पुष्प कुमार भण्डारी लगाएतका नेताहरुको सहभागिता रहनेछ।

यसका साथै, सो पार्टीले माघ २९ र फागुन १ गते जनयुद्ध दिवशको अवसर पारी आज सम्म बिभिन्न परिवर्तनकारी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने शहिदहरुलाइ स्मरणको रुपमा मनाउने भएक़ो छ। संकल्प पर्वलाई वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले दशै जत्तिकै महत्वका साथ प्रत्येक वर्ष खानपान सहित बिभिन्न कार्यक्रम गरि मनाउदै पनि आएको छ। र सम्पुर्ण पार्टी पंत्तिलाई त्यस दिन घरमा आफ्न्त,साथिभाई,नातागोता र समुदायलाई आमन्त्रित गरि भएसम्म मिठो मसिनो खुवाउदै नाचगान,तथा वार्षिक समिक्षा गरि सामाजवादी व्यवस्थाक़ो संकल्पको दिनको रुपमा मनाउन अवाह्वान गरेको छ।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी