कैलालीमा एक शिक्षा अधिकृतलाई कालोमसो दल्ने पक्राउ

एस .एन खबर धनगढी  : कैलालीमा एक शिक्षा अधिकृतलाई कालोमसो दल्ने पक्राउ परेका छन्। जिल्लाको लम्की चुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालो मसो दल्ने ३१ वर्षीय भुवन रम्तेल पक्राउ परेका हुन्।

लम्की चुहा नगरपालिका वडा नम्बर ४ का न्यौपानेलाई बलियास्थित पूर्व–पश्चिम राजमार्गमा सोमवार मोटरसाइकलमा आएका चार÷पाँच जना युवाहरुको समूहले कालोमसो दलेका थिए। नगरपालिकाबाट फिर्कीने समयमा उनको मोटरसाइकल रोकेर युवाहरुले कालो मसो फालेका हुन्।

कैलाली प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय, हसुलियाको टोलीले लम्की चुहा नगरपालिका वडा नम्बर ९ का ३१ वर्षीय भुवन रम्तेललाई पक्राउ गरेको हो। उनलाई सुदूरपश्चिम प्रदेश ०१–००९ प ७३२२ नम्बरको मोटरसाइकलसहित कैलारी गाउँपालिका वडा नम्बर ७ बाट पक्राउ गरिएको हो।

उनी नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी (वैद्य) का सुदूरपश्चिम युवा सङ्गठनका इन्चार्ज रहेको प्रहरीले बताएको छ।

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2024 Copyright: SN Khabar & Powered by : Mohrain