धनगढीबाट कृते सहकारी छाप दस्तखत मुद्दाका दुई जना फरार प्रतिबादी पक्राउ

एस .एन .खबर धनगढी  : कैलालीको धनगढीबाट कृते सहकारी छाप दस्तखत मुद्दाका दुई जना फरार प्रतिबादी पक्राउ परेका छन्।

बझाङको छब्बिसपाथिभेरा गाउँपालिका-६ का २२ वर्षीय बिकास चलाउने र सोही ठाउँका २३ वर्षीय सुन्दर चलाउने शुक्रवार दिउँसो धनगढी स्थित चौराहबाट पक्राउ परेका हुन्।

दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। कृते सहकारी छाप दस्तखत मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०८० असार १७ गते ६ महिना कैद सजाय र ११ हजार जरिवाना तोकिई फैसला सुनाएपछि दुबै जना फरार रहेका थिए !

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2025 Copyright: SN Khabar & Powered by : Mohrain