एस .एन. खबर धनगढी !

कञ्चनपुरको पुरनबास नगरपालिका-६ “ङ” गाउँबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४८ हजारको ६ कुइन्टल तोरी शनिवार (आज) बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
त्यस्तैगरी कैलालीको धनगढी उपमहानगरपालिका-२ चौराह नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ५९ हजार ६ सय १० मूल्यका प्याज, चिनी, साडी, कट्टु, नरिवल, पास्ता, कालो नुन लगायतका सामान र जोशीपुर गाउँपालिका-३ मनिकापुरबाट ७ हजार मूल्यका बिडी, सुर्ती लगायतका सामान कञ्चनपुरबाट भन्सार छलीका तोरी जफत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी