दलितहरुलाई आरक्षण दिईनु हुदैन!(श्याम कुँवर )

चारहजार वर्ष देखी बाहुन/ ठकुरी भन्नेहरुले लगातार शिक्षा, अर्थ, राजनिति र संस्कृतिमा एक क्षत्र आरक्षण पाएका हुन् ,तर पनि त्याहां भित्र अधिकांश गरिब र अशिक्षित छन। त्यसको कारक तत्व जात व्यवस्था हो जस्ले बाहुनलाई शिक्षामा एकाधिकार दियो तर श्रम र उत्पादनबाट अलग गरियो र उनिहरुलाई अल्छी र नभएको स्वर्गको आस र नर्कको डर देखाएर ठगीखाने परजिबी पात्रहरुमा सिमित राख्यो परिणाम पुरै समाज आबिस्कार बैज्ञानिक खोज अनुसन्धान तिर अघिबढेन। त्यहि, दलितहरुलाई उत्पादन, श्रम र आविश्कारमा संलग्नन गरायो तर शिक्षा,राजनीति,अर्थतन्त्रबाट अलग राख्यो र सामाजिक रुपमा सधै हिन्ताबोधको पात्र बनाएर राख्यो।

अज्ञानता र सामाजिक भेदभावको हिन्ताबोधले उ अगाडी बढ्न सकेन उनिहरु संगै पुरै दक्षिण एसिया को समाज नै बिश्वका अन्य समाजको तुलनामा राजनितिक, आर्थिक र विज्ञान -प्रबिधिमा पछी पर्न पुग्यो। कसरी? (आजको बिकशित मान्छे हुनुमा” हिजो भन्दा आज सहज जिवन बनाउन श्रमको माध्यम बाट गरिएको प्रयत्न र वैज्ञानिक प्रयोग तथा बिकशित निश्कर्षहरुलाई संस्कृतिको रुपमा बिकास गर्नु मुख्य तत्व हो ) आरक्षणले न हिजो बाहुनहरुलाई उकास्नन सक्यो नत आजका दलितहरुलाई उकास्नन सक्छ ! आरक्षणको नारा दलितहरुको क्रान्तिकारी चेत भुत्य पार्न साम्राज्यवादले फालेको बिषाक्त वाण हो। त्यस ले न त दक्षिण एसियालाई नै बिश्व समुदायको नेत्रित्व गर्न सक्ने बनाउने हो न त दलित समुदायलाई मुक्ति दिलाउन सक्छ। अब दलित समुदायलाई शैक्षिक , आर्थिक र राजनैतिक क्षेत्रमा क्षतिपूर्ति सहितको थप व्यवस्था गरिनु पर्छ! अनि जात व्यवस्थाको समुल नष्ट गर्दै समग्र समाजलाई सबै धर्मबाट अलग गर्नु पर्दछ! यदि यसो गर्न सकिएन भने दलित समुदाय पिदमा रेटिने त छदैछ। साथमा पुरै राष्ट्र बिश्व तुलनामा आर्थिक सामाजिक क्षेत्रको खाडल गहिरिने निश्चितछ।


जात व्यवस्था बिरुद्धको लडाई आज दलितको लागि मात्र हैन गैरदलित र समग्र राष्ट्र को प्रगतिको लागि अपरिहार्य बन्न पुगेको छ, तेसैलै आउनुस् समाजिक कलंकको रुपमा रहेको फोकटमा प्राप्त कथित उच्च जातिय आडम्बर त्यागौ ,सामाज र राष्ट्रलाई पर्तिगमन तर्फ तानिरहेको जात व्यवस्था बिरुद्ध लडौ सबै किसिमका रुढीवाद फालौ विज्ञान अपनाऊ।
(लेखक: श्याम कुँवर (बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता हुन्।

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2025 Copyright: SN Khabar & Powered by : Mohrain