सुदूरपश्चिमका सामाजिक विकास मन्त्री साउँदविरूद्व प्रहरीमा उजुरी!

धनगढी  : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदबाट असुरक्षा भएकाे भन्दै प्रहरीमा उजुरी परेकाे छ।

बझाङकाे बुंगल नगरपालिका-१ का धनबहादुर बाेहराले मन्त्री साउँदले ज्यान मार्ने धम्की दिएकाे भन्दै साेमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी ) कुलदिप चन्दले बाेहराले साउँदले आफूलाई  ज्यानकाे धम्की दिएकाे भन्दै उजुरी परेकाे जानकारी दिए ।  उनकाअनुसार बाेहराले साउँदलाई विभिन्न मितिमा पैँसा दिएकाे तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएकाे उल्लेख गरेका छन् ।

मन्त्री साउँदले भने आफूविरूद्व बाेहराले उजुरी दिएकाे विषयमा जानकारी नभएकाे बताए । त्यसबारे आफू बुझिरहेकाे बताउँदै साउँदले उनीसँग कुनै लेनदेन नभएको बताए ।

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2024 Copyright: SN Khabar & Powered by : Mohrain