एक ट्रक अबैध इलेक्ट्रोनिक लाइटर कञ्चनपुरबाट जफत।

कञ्चनपुर : कञ्चनपुरबाट एक ट्रक इलेक्ट्रोनिक लाइटर प्रहरीले जफत गरेको छ।

एक मिनि ट्रकलाई इलेक्ट्रोनिक लाइटरसहित प्रहरीले नियन्त्रणमा लिएको हो। बिहीबार राति भीमदत्त नगरपालिका–१२ महाकाली किनारबाट इलेक्ट्रोनिक लाइटर भारत लगिरहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) को टोलीले सुदूरपश्चिम प्रदेश ०१००१ ख २६२९ नम्बरको ट्रक इलेक्ट्रोनिक लाइटरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। इलेक्ट्रोनिक लाइटरका बिलहरू नक्कली बनाएर भारततर्फ लगिरहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2025 Copyright: SN Khabar & Powered by : Mohrain