
सुदुरपस्चिम प्रदेश धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले राष्ट्रिय सभा सदस्यको मतदान नगर्ने भएका छन्। नगर प्रमुख हमालले बिहिवार जारी राष्ट्रिय सभा सदस्यको मतदानमा सहभागिता नहुने बताएका हुन्।
राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेश सभा सचिवालयको परिसरमा मतदान जारी रहेको छ। अहिलेसम्म स्थानीय तहका एक सय ७३ जनाले मतदान गरेका छन। दुई जनाले मतदान गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। प्रदेश सभाका भने ५२ जनाले नै मतदान गरेका छन्। प्रदेश सभामा ५३ जना सदस्य रहेकोमा एक जनाको मृत्यु भएको थियो।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी