स्तै थुनुवा बन्दीको रुपमा सो अवधिसम्म पुरुष पाँच सय ५५ र महिला २५ रहेको राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार कुल कैदीबन्दीको संख्या एक हजार ६ सय ५३ छ। कुल कैदीबन्दीमध्ये ६५ वर्षभन्दा माथिका २३ जना रहेका छन्। आश्रीत कैदीको संख्या सो अवधिसम्म ७ रहेको प्रतिवेदनमा उल्लेख छ।
सरकारले ल्याएको कैदीबन्दीमैत्री प्रावधानका बाबजुद कैदीबन्दीको अवस्था चित्रण गर्दा अहिले पनि विगतको अवस्थामा अपेक्षित सुधार आउन नसकेको आयोगको अनुगमनबाट देखिएको छ। कैदीबन्दीहरूलाई मानवोचित व्यवहार, कानुनी परामर्श सेवा, खानपिन र स्वास्थ्य सेवा, सीपमूलक तालिम, पुस्तकालय, मनोरञ्जन तथा खेलकूदका सामाग्रीहरूको व्यवस्थालगायतका सकारात्मक सुधारहरू भए पनि प्रायः कारागारहरूको भौतिक अवस्था जीर्ण छ।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी