धनगढीको देबरियाबाट ५ जना पक्राउ!

facebook sharing buttonSN Khabar धनगढी: कैलालीको धनगढीबाट खैरो हिरोईनसहित ५ जना पक्राउ परेका छन्।

प्रदेश प्रहरी अनुसन्धान समुह (आरआइटि) सुदूरपश्चिम, लागुऔषध अनुसन्धान ब्युरो कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलिले धनगढीको देबरियाबाट लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको हो। उनीहरुलाई प्रहरीले धनगढी उपमहानगरपालिका–७ देबरियाबाट ६.८७ ग्राम खैरो हिरोईनसहित पक्राउ गरेको जनाएको छ।

बिज्ञापन

पक्राउ पर्नेमा बेलौरी नगरपालिका-६ का २४ वर्षीय राज चौधरी, पुनर्बास नगरपालिका-१ का २१ वर्षीय हरिलाल राना, पुनर्बास-१ कै ३२ वर्षीय कनैया राना, सोही ठाउँका १८ वर्षीय अर्जुन राना र बेलौरी नगरपालिका-७ का १९ वर्षीय अविसेन राना रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ!

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2025 Copyright: SN Khabar & Powered by : Mohrain