नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन सुरू

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन सुरू

२६ पुस, टीकापुर । नागरिक उन्मुक्ति पार्टी(नाउपा)को प्रथम महाधिवेशन सुरू भएको छ । नाउपाका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा कैलालीको टीकापुरमा महाधिवेशन सुरू भएको हो ।

संघीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रमुख अतिथि रहेकी छन् ।

उद्घाटन सत्रमा नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई विशिष्ट अतिथि बनाइएको छ ।

नाउपाले महाधिवेशनको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने बताएको थियो तर प्रधानमन्त्रीको कार्य व्यवस्तताका कारण अन्तिम समयमा स्थगित भएको नाउपाले जनाएको छ ।

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2025 Copyright: SN Khabar & Powered by : Mohrain