बृहत यौनिकता शिक्षा, यौन तथा प्रजनन स्वास्थ्य अधिकार संवेदनशिलताका बारेमा नेता तथा धार्मिक अगुवाहरुसंग कार्यशाला गोष्ठी गरिएको छ ।‘राइट हियर, राइट नाउ’ भन्ने नारासहित यार्ड नेपालको आयोजनामा धनगढीको सितार होटलमा सोमबार कार्यशाला गोष्ठी भएको हो ।
यौनिकता शिक्षाबारे जानकारी दिने उद्देश्यले स्थानीय नेता तथा धार्मिक अगुवाहरुसंग छलफल कार्यक्रम गरिएको जनाइएको छ ।कार्यशाला गोष्ठीमा स्वास्थ्य कार्यालय कैलालीकी स्रोत व्यक्ति रमा गिरीले जिल्लामा यौन तथा प्रजनन अवस्थाबारे प्रस्तुतिकरण गरेकी थिइन् ।
उनले प्रजनन् स्वास्थ्य भन्नाले विरामी वा रोगहरूबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट पूर्र्ण रूपमा स्वस्थ रहनुको साथै प्रजनन प्रणाली, यसको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु रहेको बताइन् ।
उनले अझै कैलालीमा परिवार नियोजनका साधन प्रयोग दर सन्तोषजनक नरहेको बताइन् । उनका अनुसार जिल्लामा परिवार नियोजनका साधनको प्रयोगदर ३३ प्रतिशत रहेको बताइन् ।
जिल्लामा २१ दशमलब एक प्रतिशत परिवार नियोजनका साधनको अपरिपूर्ति माग रहेको बताइन् । उनले प्रदेशमा आधुनिक परिवार नियोजनको सेवाको असमान प्रयोगमा सुधार हुन नसकेको बताइन् ।
उनले महिनावारी तथा सुत्केरी भएको अवस्थामा घरवाट छुट्टै छाउगोठमा बस्ने वा एक्लै बस्ने, बिभिन्न किसिमका रोगहरु लाग्ने तथा बिभिन्न स्वास्थ्य समस्याहरु देखा पर्ने तथा बलात्कारको सिकार हुने लगायतका समस्या अझै रहेको बताइन् ।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी